• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक



काठमाडौं । औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले आज सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिकाले विक्री वितरण गर्न रोक लगाइएको जनाउनुभएको छ । उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो । उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो ।

सूचनामा औषधि ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा विक्री वितरण नगर्न नगराउन र औषधिका रूपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधिलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ ।

महानिर्देशक भट्टराईले ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, विक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।रासस