२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ ।  

जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उहाँले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताउनुभएको हो । 

महामन्त्री डा कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवम् लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सहि गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उहाँप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो ।