९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन काण्डमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पार्टी पदबाट दिए राजीनामा



अ+ अ-

लन्डन । यौन काण्डमा मुछिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पार्टीको नेता पदबाट राजीनामा दिएका छन् । बेलायती मिडियाका अनुसार बोरिसले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका हुन् ।

बीबीसीका अनुसार यस राजीनामापछि पनि उनी केही समय प्रधानमन्त्री पदमा रहनेछन् । बोरिसले आज देशका नाममा सम्बोधन गर्ने भएका छन् । यसअघि देशका नयाँ अर्थमन्त्री नदिम जावाहीले जोनसनलाई पदबाट राजीनामा दिनुपर्ने बताएका थिए।

यसअघि बुधबार बोरिस जोनसनसमक्ष थप तीन मन्त्रीहरूले उनको सरकारबाट राजीनामा दिएका थिए। शिक्षामन्त्री विल क्विन्स र रोबिन वाकर र मन्त्रीका सहयोगी लौरा ट्रटले राजीनामा दिएका थिए ।

विल क्विन्सले आफूले राजीनामा दिनुको विकल्प नभएको बताए । लौरा ट्रोटले आफूले सरकारमा गुमाएको भन्दै पद त्याग गरेको बताइन् । स्वास्थ्य तथा अर्थमन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिसलाई राजीनामा दिन दबाब पनि बढेको थियो ।

बोरिस जोनसनका दुई शीर्ष मन्त्रीहरू वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले मंगलबार सरकार छाडेका थिए ।

जाविदले ट्वीटमा भनेका छन्, “मैले स्वास्थ्य तथा सामाजिक हेरचाह राज्य मन्त्रीको पदबाट राजीनामा दिन प्रधानमन्त्रीसँग कुरा गरेको छु । यो भूमिकामा काम गर्न पाउनु ठूलो सुअवसर भएको छ, तर म अहिले राम्रो विवेकमा काम गर्न नसक्ने भएकोमा दुःखी छु।”

जाविदले प्रधानमन्त्रीमा विश्वास गुमाएको भन्दै जोनसनको सरकारमा राम्रो विवेकमा काम गर्न नसक्ने बताए ।

राजीनामा दिने आफ्नो निर्णयलाई उल्लेख गर्दै उनले एक पत्रमा लेखेका छन्, “म स्वाभाविकरूपमा टोलीको खेलाडी हुँ, तर बेलायती जनताले पनि आफ्नो सरकारबाट इमानदारीको अपेक्षा गर्छन्। तपाईंले नेताको रूपमा सेट गर्नुभएको टोन र तपाईंले प्रतिनिधित्व गर्ने मानहरू तपाईंका सहकर्मीहरूमा झल्किन्छ। हामी सधैँ लोकप्रिय नहुन सक्छौँ, तर हामी राष्ट्रिय हितमा काम गर्न सक्षम छौँ।”

“‘दुर्भाग्यवश अहिलेको अवस्थामा हामी अब उस्तै रहेनौँ भन्ने निष्कर्षमा जनता लागिरहेका छन् । गत महिनाको विश्वासको मतले हाम्रा सहयोगीहरूको ठूलो संख्यामा हामीसँग सहमत भएको देखियो। यो नम्रता, पकड र नयाँ दिशाको क्षण थियो”, उनले पत्रमा लेखेका छन्, “तपाइँको नेतृत्वमा यो अवस्था नबदलिने र मेरो आत्मविश्वास पनि गुमाएका छौ ।”

त्यसलगत्तै सुनकले पनि बोरिसलाई पत्र लेखे । उनले लेखेका छन्, “हामी आधारभूतरूपमा धेरै फरक छौँ। सरकारले सही र गम्भीरताका साथ काम गरोस् भन्ने जनताको अपेक्षा छ । मलाई विश्वास छ कि हामीले यी मापदण्डहरूको लागि लड्नु पर्छ र त्यसैले मैले राजीनामा दिँदैछु।”

“हाम्रो देशले ठूलो चुनौती सामना गरिरहेको छ । जनता त्यो सत्य सुन्न तयार छन् भन्ने मलाई विश्वास छ । उनीहरूलाई राम्रो भविष्यको बाटो कुन हो भनेर जान्न आवश्यक छ। अर्को हप्ता अर्थतन्त्रमा हाम्रो प्रस्तावित संयुक्त भाषणमा, यो स्पष्ट हुनेछ कि हाम्रो दृष्टिकोण मौलिक रूपमा धेरै फरक छ,”, उनले पत्रमा भनेका छन्, “सरकार छाड्दा मलाई दुःख लागेको छ, तर यसरी काम गरिरहन सक्तिन भन्ने म निष्कर्षमा पुगेको छु।”