२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बालुवाटार पुगेका छन् । बिहीबार बिहान पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाट पुगेका हुन् ।  

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा पार्टी महाधिवेशन तयारीलगायत विषयमा कुराकानी भएको छ।

कांग्रेसले भदौ १८ मा छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि जम्मा ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरूमा अधिवेशन बाँकी नै छ।

क्रियाशील सदस्यबारे देखिएको विवाद छलफल गरी निचोड निकाल्न सभापति र वरिष्ठ नेता कुराकानी गरेका हुन्। महाधिवेशन तयारीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बूढानिलकण्ठमा शीर्ष नेताहरूको बैठक बस्ने तय भएको छ ।  

कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। भदौ २७ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने भने पनि वडा अधिवेशन नै सकिएको छैन। अब गाउँरनगर अधिवेशन सर्ने सम्भावना छ।