२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बालुवाटार पुगेका छन् । बिहीबार बिहान पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाट पुगेका हुन् ।  

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच बालुवाटारमा पार्टी महाधिवेशन तयारीलगायत विषयमा कुराकानी भएको छ।

कांग्रेसले भदौ १८ मा छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि जम्मा ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरूमा अधिवेशन बाँकी नै छ।

क्रियाशील सदस्यबारे देखिएको विवाद छलफल गरी निचोड निकाल्न सभापति र वरिष्ठ नेता कुराकानी गरेका हुन्। महाधिवेशन तयारीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बूढानिलकण्ठमा शीर्ष नेताहरूको बैठक बस्ने तय भएको छ ।  

कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। भदौ २७ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्ने भने पनि वडा अधिवेशन नै सकिएको छैन। अब गाउँरनगर अधिवेशन सर्ने सम्भावना छ।