७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देव गुरुङ : एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिका पठाइयोस्



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनी पत्र पठाउन माग गरे ।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेसँगै गृह मन्त्रालयमार्फत सहभागी नहुनेसम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमा पुगेको भए पनि सो पत्रलाई अहिलेसम्म अमेरिका पठाइएको छैन ।

प्रमुख सचेतक गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरिएको एमसीसीलाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै ती घोषणालाई स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने बताए ।