९ श्रावण २०८३, शनिबार
,
Latest
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आसन्न साफ च्याम्पियनसीप र १९औँ एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा घाइते बनेकी नगरकोटीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री गहतराजले कप्तान नगरकोटी छिट्टै मैदानमा फर्केको आफूले हेर्न चाहेको र उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणको क्रममा यही असार २० गते सोमबार खेलाडी नगरकोटीको घाँटीमुनिको हड्डी भाँचिएको थियो । सोमबारै ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

चोटका कारण उनीले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसीप गुमाउने सम्भावना बढेको जनाइएको छ । नेपालले आगामी भदौ १३ देखि २५ गतेसम्म साफ च्याम्पियनसीप आयोजना गर्दैछ । सन् २०१० देखि राष्ट्रिय महिला फुटबल टोलीमा आबद्ध कप्तान नगरकोटी विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)की सदस्य हुन् ।