२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

कोरोनाबाट सर्वसाधारणलाई बचाउन सघाउँदै सामुदायीक प्रहरी

कोरोनाबाट सर्वसाधारणलाई बचाउन सघाउँदै सामुदायीक प्रहरी
अ अ+ अ-

काठमाडौं । समाजमा अपराध रोकथाम, सामाजिक विकृति र विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग वृद्धि गर्ने लगायतका उद्धेश्य बोकी स्थापना भएको सामुदायीक प्रहरी २०७६ पुसदेखि नेपालमा विश्वव्यापी महामारी कोरोना संक्रमण बढ्न थालेपछि सो रोगबारे जनतालाई सचेत बनाउन खटियोे । यतिखेर तिनै सर्वसाधारणलाई कोभिड विरुद्धको खोप लगाउने कार्यमा सामुदायीक प्रहरीले सहयोगीको भूमिका निभाईरहेको छ ।

कोरोना संक्रमणको मध्यावधिमा काठमाण्डौ उपत्यकाका तिनैवटा जिल्लामा कार्यरत सामुदायीक प्रहरी आफ्नो कार्यक्षेत्रमा खटिने क्रममा कोरोना (कोभिड—१९) बाट समेत संक्रमित भई नराम्ररी थलिन पुगे । 

तालुकदार प्रहरी वृत्त मातहतमा रही उपत्यकामा खटिएका सामुदायीक प्रहरीले झण्डै डेढ वर्षको अवधिमा आफ्नो कार्यक्षेत्रभित्र रहेका टोलटोलदेखि व्यस्त चोक र सडकमा समेत सर्वसाधारणलाई कोरोनाबाट आफु सुरक्षित रहि आफ्नो परिवार र समाजलाई सुरक्षित बनाउन जनचेतना फैलाउन र स्वास्थ्य मापदण्ड लागु गर्ने काम गर्यो । 

कति ठाउँमा त स्थानीय क्लव, सामाजिक संघसंस्था र स्थानीय निकाय र सरकारका अन्य निकायसंग समन्वय गर्दै कोरानाबाट सर्वसाधारणलाई बचाउन मास्क र सेनिटाइजर समेत वितरण गर्ने कार्य गर्यो भने कोरोनाका विरामीहरुलाई समयमै अस्पतालमा पुर्याउन एम्वुलेन्स र विरामीको उपचारको लागि अस्पतालमा बेड खोजिदिने कार्य समेत गर्यो ।

कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले लागु गरेको लकडाउन (निशेधाज्ञा) अवधिमा सामुदायीक प्रहरीले गरेको कार्यको बागमती प्रदेशका सांसद एवम् नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठ प्रशंसा गर्दै सामुदायीक प्रहरीले सर्वसाधारणलाई कोरोनाबाट बचाउन टोलटोलमा गएर माइकिंग गर्नेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको बताउँछन् । 

लकडाउन अवधिमा मात्रै नभई विभिन्न दातृ मुलुकहरुबाट प्राप्त कोरोना विरुद्धको खोप सर्वसाधारणलाई सरल तरीकाले लगाउन सहयोगीको भूमिकामा पनि सामुदायीक प्रहरीले विशेष योगदान गर्यो । खोप कार्यक्रमलाई सफल पार्न आफ्नो कार्यक्षेत्र रहेको टोलका खोप केन्द्रहरुमा पनि सामुदायीक प्रहरी एकाविहानैदेखि साँझ अवेरसम्म झरी र घाम नभनी खटिएको सामुदायीक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजेन्द्रसिंह पुजाराले बताए । 

काठमाडौं महानगरपालिकाको ३२ नं वडाको खोप केन्द्रमा असई पुजारा सहितको टोली खटिएको थियो भने नयाँबानेश्वरको १० नं वडाको रत्नराज्य लक्ष्मी स्कुल खोप केन्द्रमा सामुदायीक प्रहरी सेवा बानेश्वरका प्रहरी हवल्दार ताराराम दयाल सहितको टोली खटिएको थियो । त्यसो त सामुदायीक प्रहरी सेवा गठ्ठाघरको टोली पनि खोप केन्द्रमा खटिएको प्रहरी हवल्दार धनराज लामा बताउँछन् ।