• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आगामी प्रतिनिधिसभा र प्रदेशसभापछि मात्र पार्टीभित्र बहस गर्ने भएको छ ।

पार्टी केन्द्रीय समितिको जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे आम निर्वाचनपछि विशेष बहस गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकले एमसीसीलाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेको थियो । माओवादी केन्द्रमा एमसीसीको खुलेर विरोध गर्ने नारायणकाजी श्रेष्ठ समूहको नेताहरुको असन्तुष्टिलाई शान्त पार्न अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्मै लैजाने सहमत गराउनुभएको थियो ।

साथै केन्द्रीय समितिको बैठक जेठ २० गते बस्ने निर्धारण गरिएको थियो तर पटकपटक मिति सर्दै यही असार १९ गते केन्द्रीय समितिको बैठक सुरु भयो । अध्यक्ष प्रचण्डले जारी बैठकमा एमसीसीलाई एजेन्डामै पार्नुभएन । अहिले उहाँले यसलाई आम निर्वाचनपछि बहस चलाउने बताउनुभएको छ ।