१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानो बानेश्वरस्थित आँखा अस्पताल भवन नजिक भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा अस्पताल भवन नजिकै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

बिहीबार बिहान करिब ११ बजे एक आँखा अस्पताल भवन नजिकै शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरीले खबर पाएपछि डिस्पोजलको टोली पनि घटनास्थलमा पुगेको थियो । तर पछि हेर्दा बम नभएको भेट्टाईएको प्रहरीले जानकारी दिएको हो । 

प्रहरीका अनुसार एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको भएपनि त्यो नक्कली बम भएको र डिस्पोज भैसकेको छ ।