• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता)

आजदेखि साझाका बिजुली बस चल्दै



फाईल फोटो

काठमाडौँ । साझा यातायातले आजदेखि बिजुली बस सञ्चालन गर्दैछ । साझाले नेपालमै पहिलो पटक सुविधासम्पन्न बिजुली बस सञ्चालन गर्न लागेको हो ।

हाललाई साझाले तीन वटा बिजुली बस सञ्चालन गर्ने भएको छ । रत्नपार्क, ठमेल, नयाँ बसपार्क हुँर्द एयरपोर्ट रुटमा दुई वटा र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा एउटा बस सञ्चालन हुनेछ ।

साझाको बिजुली बस अपांगता भएकालाई पनि सहज हुने गरी बनाइएको छ । ह्विल चियरको सहयोगमा उनीहरु बसमा चढ्न र ओर्लन सक्नेछन् । बसभित्र पनि उनीहरुलाई छुट्टै सिटको व्यवस्था गरिएको बताइएको छ ।

कूल २६ सिट भएको बसमा उभिएर यात्रा गर्न परेको अवस्थामा ह्यान्डल बारको पनि व्यवस्था गरिएको छ । बसमा चालक, परिचालक, अपांगता र ज्येष्ठ नागरिकका लागि सिट छुट्याइएको छ ।

सिसिटिभी र टिभी जडान गरिएकाले बिजुली बसमा चोरी डकैती र पकेटमारको समस्या यात्रुहरुलाई हुनेछैन ।

वाइफाइको समेत सुविधा भएको बसमा फोहर व्यवस्थापनका लागि डस्टबिन पनि राखिएको छ । यात्रुलाई गन्तव्यमा पुगेपछि ओर्लनका लागि चालकलाई सूचना दिने विशेष बटमको सुविधा जडान गरिएको छ । आफ्नो गन्तव्य आएपछि यात्रुले सो बटमा थिचेर गाडीलाई रोक्न सक्नेछन् ।