२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि साझाका बिजुली बस चल्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । साझा यातायातले आजदेखि बिजुली बस सञ्चालन गर्दैछ । साझाले नेपालमै पहिलो पटक सुविधासम्पन्न बिजुली बस सञ्चालन गर्न लागेको हो ।

हाललाई साझाले तीन वटा बिजुली बस सञ्चालन गर्ने भएको छ । रत्नपार्क, ठमेल, नयाँ बसपार्क हुँर्द एयरपोर्ट रुटमा दुई वटा र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा एउटा बस सञ्चालन हुनेछ ।

साझाको बिजुली बस अपांगता भएकालाई पनि सहज हुने गरी बनाइएको छ । ह्विल चियरको सहयोगमा उनीहरु बसमा चढ्न र ओर्लन सक्नेछन् । बसभित्र पनि उनीहरुलाई छुट्टै सिटको व्यवस्था गरिएको बताइएको छ ।

कूल २६ सिट भएको बसमा उभिएर यात्रा गर्न परेको अवस्थामा ह्यान्डल बारको पनि व्यवस्था गरिएको छ । बसमा चालक, परिचालक, अपांगता र ज्येष्ठ नागरिकका लागि सिट छुट्याइएको छ ।

सिसिटिभी र टिभी जडान गरिएकाले बिजुली बसमा चोरी डकैती र पकेटमारको समस्या यात्रुहरुलाई हुनेछैन ।

वाइफाइको समेत सुविधा भएको बसमा फोहर व्यवस्थापनका लागि डस्टबिन पनि राखिएको छ । यात्रुलाई गन्तव्यमा पुगेपछि ओर्लनका लागि चालकलाई सूचना दिने विशेष बटमको सुविधा जडान गरिएको छ । आफ्नो गन्तव्य आएपछि यात्रुले सो बटमा थिचेर गाडीलाई रोक्न सक्नेछन् ।