२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्दै, सदनबाट नागरिकता विधेयक फिर्ता लिने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद बैठक दिनको दुई बजे बस्नेगरि बोलाईको छ । आजको बैठकमा लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले फिर्ता लिने कार्यसुची समेत रहेको छ ।

आजको सम्भावित कार्यक्रममा व्यवस्थापन कार्यमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव गर्ने भएका छन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । २०७५ साउन २२ मा विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।

पछिल्लो समय लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले नागरिकता विधेयक पारित गराउनका लागि सरकारलाई संसद र ज्ञापन पत्र मार्फत झकझकाउँदै आएका छन् । आजको बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७ २०७८ पनि पेश गर्नुहुनेछ ।