काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माद्वारा ४४ औं प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हाल्नु भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी बाट दर्ज्यानी चिह्न प्राप्त गरपछि सैनिक मुख्यालयमा पदभार ग्रहण गर्नुभएको हो । यस अघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ भदौमा सकिएपछि शर्माले प्रधानसेनापतिको जिम्मेबारी पाउनु भएको हो ।
शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो ।