२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलोस् भत्रे शुभकामना व्यक्त गर्नुभएको छ । 

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा बिहीबार जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, अटल सौभाग्य समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँले यस पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको भन्दै हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्न यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै यसलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ, कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध  गर्दछु ।”