५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

तालिवानको कब्जा पछि अफगानीहरू जागिर र पैसाको भयमा

तालिवानको कब्जा पछि अफगानीहरू जागिर र पैसाको भयमा
अ+ अ-

काबुल । काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्नै दायित्व छ। जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन र हाल भविष्यको चिन्तामा परेकी छिन् ।

जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउँनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीहरू बाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् । आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, 'मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु। “काबुल को एक सडक बजार मा एएफपीसँग कुरा गर्दै उनले भनिन् “मलाई लगाइरहेको पोशाक नलागाउन, पुरुषहरू सँग काम नगर्न र महिलाहरूसँगमात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेशामा सम्भव छैन त्यसपछि म जागिर छाड्न बाध्य भएँ।“ अलिजादा जस्तै अफगानिस्तानका अन्य महिलाहरू अब तालिबानको अधीनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् ।

अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धन को लागत बढेको छ र रोजगारीका अबसर समेत साँघुरिदै गएका छन् । जटिलता थपिदै गएका छन्। यस विषयमा संयुक्त राष्ट्रसंघले समेत चासो व्यक्त गर्दै भनेको छ, 'खाद्यान्न अभाव, उच्च मुद्रास्फीति र मुद्रामा गिरावटको डरले मानवीय आपतकालीन अवस्थातिर मुलुक अगाडि बढेको छ।ू परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवाहरू बन्द हुने अवस्थामा छन्। अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहयातामा निर्भर गतिविधिहरू बन्द हुँदैछन् र महिलाहरू थप प्रताडित हुने अवस्थाको सृजना हुनसक्ने देखिन्छ।