• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   इद-उल-अत्ज्हा त्याग, समर्पण र बलिदानको प्रतीकः कार्यवाहक राष्ट्रपति ★   बंगलादेशविरुद्ध नेपालको राम्रो सुरुवात, पावरप्ले मै चार विकेट झार्यो ★   आज बकर इद मनाइँदै ★   बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट ★   नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो ★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा

ट्रान्सफर्मर पड्किँदा बागलुङका १६६ घर अन्धकारमा



बलेवा । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो । वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरुमा समेत क्षति पुर्याएको छ । त्यस्तै चट्याङले बागलुङको ताराखोला गाउँपालिकामा १३ वटा पशुचौपाया मारेको छ ।