२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीविरुद्ध राप्रपाले जाहेरी दिँदै, लगायो राज्यविरुद्ध अपराध गरेको आरोप



अ+ अ-

काठमाडौँ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध जाहेरी दिने भएको छ ।

अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण गरेको भन्दै राप्रपाले अर्थमन्त्री शर्मामाथि कारवाही माग गरी टेकुस्थित काठमाडौँ प्रहरी कार्यालयमा जाहेरी दिन लागेको हो ।

अर्थमन्त्री शर्माले मुलुकको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्ध अपराध गरेको पार्टीको सुशासन विभागका प्रमुख ज्ञानेन्द्र शाहीले बताए । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग परामर्श गरेर र कानून व्यवसायीहरुसँग सल्लाह गरेर जाहेरी दिने निर्णय गरिएको जानकारी दिए ।

बहालवाल मन्त्रीविरुद्ध फौजदारी जाहेरी दर्ता गर्न सकिने व्यवस्था भए पनि पक्राउ गर्नुपर्ने अवस्थामा सभामुखलाई पूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको बताइएको छ ।