३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेशियाली आमाहरूले नागरिकतामा समानताको लडाइ जिते



अ+ अ-

क्वालालम्पुर । मलेसियामा आमाहरूको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी  लडाइँ जितेको छ । उक्त समूह विदेशमा बच्चा जन्माउने महिलाहरूलाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभावपूर्ण नागरिकता सम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ।

उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाहरूले स्वतः नागरिकता प्राप्त गर्न सक्ने प्रावधानलाई कटौती गरेको र उक्त नियम भेदभावकारी रहेको आमा समूहले दाबी गरेका थियो । उनीहरूको तर्क थियो “यस्तो प्रतिबन्ध दक्षिण पूर्वी एसियाली देशका पुरुषहरुका निम्ति भने आकर्षित छैन ।

यो नियम रुढीवादी विचारले ग्रसित भएको र मलेसियाको संवैधानिक भावना विपरीत रहेको समेत उनीहरूले दाबी गरेका थिए । बिहीबार क्वालालम्पुरको उच्च अदालतले भने उक्त मुद्दामा आमा समूहको पक्षमा फैसला गरेको छ।' यो फैसलाले मलेसियाली लैङ्गिक समानतालाई मान्यता दिएको छ जो समानतावादी र न्यायोचित  छ ।,' एनजीओ परिवार सीमानाका अध्यक्ष सुरी केम्पेले भनिन् । यो फैसला सबै मलेसियाली आमाहरूमा लागू हुन्छ  मुद्दाका पक्ष विपक्षमा मात्र होइन, केम्पेले थप पुष्टि गरिन् ।

 तर सरकारको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।