२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई बर्खास्त गरौँ: धनराज गुरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले ट्विटरमार्फत विवाद समाधानका लागि छानबिन समिति गठन गर्न, सो छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्रीको राजीनामा वा बर्खास्त गर्नुपर्ने तीन प्रक्रिया पूरा गर्न सुझाव दिनुभएको छ ।

“गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ”, उहाँले भन्नुभएको छ ।

यसअघि कांग्रेसका अर्का उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री शर्माका सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्नुभएको थियो । त्यस्तै महामन्त्री गगन थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको थियो । उहाँले अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने उल्लेख गर्नुभएको थियो ।