काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।
बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका रिटलाई कोरोना महामारीलाई कारण देखाएर सर्वोच्चले खारेज गरिदिएको हो ।
वैद्यले दायर गरेको उक्त मुद्दालाई सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलास खारेज गरिदिएको हो ।
मंसिर ९ देखि १३ सम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ ।