१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।

बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका रिटलाई कोरोना महामारीलाई कारण देखाएर सर्वोच्चले खारेज गरिदिएको हो । 

वैद्यले दायर गरेको उक्त मुद्दालाई सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलास खारेज गरिदिएको हो । 

मंसिर ९ देखि १३ सम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन आयोजना गर्न लागेको छ ।