५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले प्रधानमन्त्रीसँग चुनावको मिति प्रस्ताव गर्ने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुरलाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने भएको छ । सो प्रयोजनका लागि प्रधानमन्त्रीसँग भेटेर छलफल गर्न समय मागिएको जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता निर्वाचन गर्ने प्रस्ताव गर्ने तयारी गरिएको बताए । कात्तिकमा तिहार, छठलगायतका पर्व परेकाले मंसिरको पहिलो निर्वाचन गर्न सुझाव आएको बताइएको छ ।

आयोगले स्थानीय तह निर्वाचन एकै चरणमा गरिसकेकाले संघीय र प्रदेशसभा निर्वाचन पनि एकै चरणमा गर्न सकिने जनाएको छ । एकै चरणमा निर्वाचन गर्दा खर्चको बचत हुने आयोगको ठहर छ ।