२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्नेतले लिइन् प्रदेशसभा सदस्यको शपथ



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मनोनित प्रदेशसभा सदस्य हिमा बस्नेत भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नेकपा (एमाले) बाट अल्पसंख्यक कोटामा समानुपातिक प्रदेशसभा सदस्य बनेकी गुलेफुन खातुनले राजीनामा दिएपछि उनको स्थानमा एमालेले खसआर्य कोटाकी बस्नेतलाई समानुपातिक कोटामा मनोनित गरेको हो ।

प्रदेशसभाको कार्यकाल करिब चार महिनामात्र बाँकी हुँदा बस्नेतलाई एमालेले प्रदेशसभा सदस्य बनाएको हो ।

सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि खातुनले राजीनामा दिएकी थिइन् ।

मंगलबार नवनियुक्त प्रदेशसभा सदस्य बस्नेतले सभामुख प्रदीपकुमार भण्डारीमार्फत शपथ लिएकी हुन् ।