१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ



अ+ अ-

रुपन्देही । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

पक्राउ परेकाहरुमध्येबाट मोटरसाइकल चालक चिनक भनिने हुसेनको दाँहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको दुई राउण्ड गोली र चक्कु एक थान फेला परेको प्रहरीको भनाइ छ ।