२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीलाई मैले स्टप गरेको हो: ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई आफू प्रधानमन्त्री भएको बेला रोकेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उहाँले एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसमा सामेल भएको रिपोर्ट आएपछि २०७६ जेठमा आफूले त्यसलाई रोकेको बताउनुभयो ।

उहाँले तत्कालीन रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले एसपीपीलाई तत्कालै स्टप गरेको उल्लेख गर्नुभयो । एसपीपी कुनै गठबन्धनको विषय नभई राष्ट्रको विषय हो भन्दै उहाँले यसबारेमा तत्कालीन सेनापतिलाई सोध्दा हुने बताउनुभयो ।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने नभई सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ भन्दै यो काम प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुन्छ भन्ने आफूले विश्वास गरेको बताउनुभयो ।

राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीसँग उहाँले संसद् र जनतालाई यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले एसपीपीको विषय सन् २०१५ देखि सुरू भएको र सुशील कोइरालाका पालामा सुरू भएर पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाका पालामा पत्राचार अघि बढेको जानकारी दिनुभयो ।