२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीका चार पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा



अ+ अ-

डोटी । डोटीका चार वटा पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएका छन् । यहाँका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित भएपछि पूर्णखोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।

जिल्लाका बाँकी रहेका पाँच वटा स्थानीय तहलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीले जनाएको छ ।

उक्त अभियानअन्तर्गत अन्य पालिकामा बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बच्चालाई १४ वटा रोगविरुद्धका नौ वटा खोप लगाउने अभियान थालिएको जिल्ला समन्वय समितिका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो ।