४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पत्राचार गर्न मातहतका निकायलाई मन्त्रालयहरुको निर्देशन



अ+ अ-

काठमाडौँ । सरकारले कूटनीतिक पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने निर्णय गरेको छ । सरकारको यही असार ६ गतेको सो निर्णयसँगै मन्त्रालयहरुले मातहतका निकायहरुलाई कूटनीतिक पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्न निर्देशन दिएको छ ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले अमेरिकी दूतावासमा सिधै एसपीपीमा आबद्ध हुन पत्राचार गरेको सार्वजनिक भएपछि मन्त्रालयहरुले मातहत निकायहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्ना मातहतका निकायलाई त्यस्तो निर्देशन दिएका छन् ।

नेपाली सेनाले गरेको पत्राचारले सरकारी निकायबीच नै अन्योल सिर्जना भएको भन्दै सरकारले वैदेशिक तथा कूटनीतिक पत्राचार गर्दा एकद्वार प्रणाली अपनाउने निर्णय गरेको थियो ।