• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै ★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित) ★   लखनउले मुम्बईलाई ४ विकेटले हरायो ★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले

ठाउँको अभावमा आलोपालो गरी सुत्छन् कैदीबन्दी



जाजरकोट । बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो । पन्घ पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन् ।

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउनुभएको छ । सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ । कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताउनुभयो । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उहाँको भनाइ थियो । जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । साथीहरु मिलेर आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताउनुभयो । उहाँले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको छ, यसको समाधानका लागि पहल जारी रहेको छ भन्नुभयो । सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ थियो ।