२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा सहचालकको मृत्यु



symbolic picture
अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । 

निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए । सडकबाट अन्दाजी १०० मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।