• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न कतारी राजदूतले दिए निम्तो



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मन्त्री शर्मा र राजदूत हेलबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन् ।