१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माओवादी केन्द्र सरकार छाडेर सडकमा आउँछ’



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्ड निकट प्रभावशाली युवा नेता युवराज दुलालले सरकार छाड्ने बताएका छन् । वागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका नेता दुलालले  एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको बरु सरकार छाडेर सडकमा आउने बताएका हुन् । 

दुलालले विगतमा पनि सभामुख अग्नि सापकोटा र कृष्णवहादुर महरामार्फत प्रचण्डले एमसीसी पारित हुनबाट रोकेको खुलासासमेत गरेका छन् ।  

प्रचण्डसँग सुमारको भेट लगत्तै दुलालले माओवादी नीति उदृत गर्दै भनेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीतिक भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन । बरु सरकार छोडेर सडकमा आउँछ तर एमसीसी पारित गर्दैन ।’

उनले राष्ट्रियताको सवालमा विदेशीसामू नुझुक्ने पार्टीको धारणा रहेको समेत बताएका छन् ।