८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५० वर्ष बाँच्न चाहन्थे माइकल ज्याक्सन, १२ जना चिकित्सकको टोली सँगै राखेर पनि जीवित रहेनन्



अ+ अ-

एजेन्सी । संसारमा धेरै पप स्टारहरू छन् तर पपका राजा माइकल ज्याक्सन हुन् जसले आफ्नो गायन र नृत्यले सारा संसारमा फरक छाप छोडेका छन् ।

उनी एक यस्तो स्टार थिए, जसलाई संसारको हरेक कुनामा मानिसहरूले अझै पनि चिन्छन् । २५ जुन २००९ मा लस एन्जलसमा उनले यस संसारलाई बिदा गरे । उनको ५० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

उनको मृत्युको खबरले सबै स्तब्ध भएका थिए । आज हामी उनको जीवनसँग सम्बन्धित केही कुराहरू बताउन गइरहेका छौँ ।

माइकल ज्याक्सनको जन्म अगस्ट २९ मा अमेरिकाको इन्डियाना प्रान्तको सहर ग्यारीमा भएको थियो । बाल्यकाल देखि संगीतमा रुचि राख्ने माइकल १९६४ मा आफ्नो भाइको पप समूह मा सामेल भए । तर, सन् १९८२ मा उनको एल्बम ‘थ्रिलर’ रिलिज भएपछि उनी विश्वव्यापीरुपमा परिचित बने । यो एल्बम पछि उनको लोकप्रियता बढ्यो र मानिसहरु उनको शैली र गीतहरु को लागी पागल भए । यो संसारमा सबैभन्दा धेरै बिक्रि भएको एल्बम समेत हो ।

माइकल ज्याक्सनको ५० वर्षको उमेरमा मृत्यु भयो तर के तपाईलाई थाहा छ, उनी १५० वर्षसम्म बाँच्न चाहन्थे । यसका लागि उनले १२ जना चिकित्सकको टोली राखेका थिए, जो सधैँ उनीसँगै रहन्थे । यो टोलीले उनीहरुलाई नियमित चेकजाँच गर्ने गर्थे । यति मात्र होइन, उनी अक्सिजन बेडमा सुत्ने गर्थे र कसैलाई भेट्नुअघि मास्क र पन्जा लगाउन पनि बिर्सन्नथे । योग गर्न उनले १५ जनाको टोली पनि साथमा राखेका थिए ।

यो पनि भनिन्छ कि माइकल ज्याक्सनको ड्रग ओभरडोजका कारण मृत्यु भएको थियो । माइकलले आफूलाई राम्रो देखिनका लागि आफ्नो धेरै शल्यक्रिया पनि गरेका थिए, कतै ती सर्जरीलाई उनको मृत्युको कारण पनि मानिन्छ ।

 

माइकल ज्याक्सन संसारमा सबैभन्दा अवार्ड जित्ने कलाकार हुन् । उनको नाममा २३ वटा गिनिज वल्र्ड रेकर्ड छन् । त्यस्तै माइकल ज्याक्सनको व्यक्तिगत जीवनको कुरा गर्दा उनले १९९४ मा लिसा मेरी प्रिस्लेसँग विवाह गरे तर १९ महिनापछि दुवैको सम्बन्धविच्छेद भयो ।

१९९७ मा, उनले दोस्रो पटक नर्स डेबी रोवसँग विवाह गरे। यसबाट उनीहरूका दुई सन्तान थिए, प्रिन्स माइकल र पेरिस माइकल क्याथरिन । तर माइकलको यो विवाह पनि सन् १९९९ मा टुट्यो ।




भर्खरै