१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षद्वारा तोडफोड



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको बागदरबारस्थित कार्यालयमा वडाध्यक्षले तोडफोड गरेका छन् । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गरिएको हो ।

इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले उक्त कार्यकक्षमा तोडफोड गरेका हुन्  । 

उनले तीन जनाकै अधिकारीहरुको कार्यकक्षको ढोकामा लात्ताले हानेका थिए । उनको लात्तीले लागेपछि आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको र क्षति पनि पुगेको बताइएको छ ।