७ पुष २०८२, सोमबार
,
Latest
माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवले बोलाए सचिवालय बैठक



अ+ अ-

काठमाडौँ । नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । संयोजक गौतमले आफ्नो निवास भैँसेपाटीमा शुक्रबार दिउँसो सचिवालय बैठक बोलाएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेपछि संयोजक गौतमले सचिवालय बैठक बोलाएका हुन् ।

उनले तीनै जनाको नेताको निवासमा गएर भेट गरेका हुन् । भेटमा गौतमले तीनै जना नेतालाई सम्भव भए वाम एकता र एकता नभए आगामी निर्वाचनमा तालमेलको प्रस्ताव राखेको बताइएको छ । उनले तीनै जनालाई लिखितरुपमै प्रस्ताव राखेका हुन् ।

भेटमा संयोजक गौतमलाई अध्यक्षद्वय प्रचण्ड र नेपालले सकारात्मक जवाफ दिएको भए पनि एमाले अध्यक्ष ओली कुनै जवाफ नदिएको बताइएको छ ।