११ मंसिर २०८१, मंगलवार
,
Latest
रवि लामिछानेलाई आज काठमाडौं नल्याइने सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ: प्रधानमन्त्री कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न परराष्ट्रमन्त्रीको आग्रह जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक:वनमन्त्री शाही सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यकः निजी क्षेत्र नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजकमा ओमोडा एन्ड जेइको इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो ।

राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो रु क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपी माग गर्नुभएको थियो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नुभएको थियो । पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको फैसला गरेको हो । सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा ९१० बमोजिम रु १० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभयो ।