५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने
अ+ अ-

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहनु हुनेभएको छ । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसक्नु भएका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने हुनुभएको हो ।  

सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।

जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पार्नुभएको थियो । तपाईको समर्थन कुन उम्मेदवारलाई छ भन्ने पत्रकारको प्रश्नमा उत्तर दिँदै प्रधानमन्त्री सुगाले भन्नुभयो,“निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरुमध्ये मैले कुनै उम्मेदवारको पक्षपोषण गरेको छैन ।” 

उहाँले पूर्व विदेश मामिला र पूर्व रक्षामन्त्री तारो कोनोले पार्टी अध्यक्षका लागि उम्मेदवार घोषणा गर्न लागेकै दिन आफू कसैको पक्षमा नउभिने स्पष्ट पार्नुभएको हो । उहाँले अघिल्लो हप्ता पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो । सरकारमा रहेर कोरोना भाइरसको महामारी विरुद्ध प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि उहाँले प्रधानमन्त्रीको जिम्मेवारी समेत त्याग्ने गरी पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । 

उहाँले पार्टी नेतृत्वका लागि उम्मेदवारी नदिने भएपछि नयाँ आउने पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री पदको जिम्मेबारी दिनुहुने भएको छ । जापानमा प्राय सत्तारुढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुने गरेको जनाइएको छ । प्रधानमन्त्री सुगा एकवर्ष अगाडि तत्कालीन प्रधानमन्त्री सिञ्जे आवेले आकस्मिक रुपमा राजीनामा दिएपछि प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । जापानमा लामो समय प्रधानमन्त्री हुनुभएका आबेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका सुगा भने एक वर्षमै बिदा हुनुहुने भएको छ । उहाँपछि पूर्व विदेशमन्त्री तारो कोनो र पूर्व रक्षामन्त्री सिगेरु इशिबामध्ये एकजना प्रधानमन्त्री हुने अनुमान गरिएको छ । पार्टी अध्यक्षमा उहाँहरुमध्ये एकजना निर्वाचन हुने सम्भावना रहेकाले प्रधानमन्त्री पनि उहाँहरुमध्येकै एक जना हुने अनुमान गरिएको हो ।

सेप्टेम्बर २९ मा पार्टी अध्यक्षमा निर्वाचित भएको नेतालाई प्रधानमन्त्री चयन गर्न अक्टोबर ४ प्रतिनिधिसभामा निर्वाचन हुने सम्भावना रहेको बताइएको छ । प्रारम्भिक सर्वेक्षणले तारो कानो नै अगाडि रहेको देखाएका छन् । उहाँलाई सिगेरु इशिबाले पछ््याउनु भएको छ । त्यसैगरी तेस्रोमा फुमिओ किशिदा देखिनुभएको छ । सत्तारुढ दलको नेतृत्व लिँदै प्रधानमन्त्री बन्नका लागि दुई महिला सानाइ ताकैचि र सेइको नोडा पनि चुनावी मैदानमा रहनुभएको छ । (रासस-एएनआई)