२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको शिष्टाचार भेटका अवसरमा उहाँले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिनुभएको हो ।

मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो ।

स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दो र गुणस्तरीय बनाउन सुझाउँदै प्रधानमन्त्री देउवाले राससलाई अझ सुदृढ र स्रोतसाधन सम्पन्न बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाचार सङ्कलन तथा सम्प्रेषण कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि प्रधानमन्त्री देउवाले स्पष्ट गर्नुभएको थियो ।

वर्तमान सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको चर्चा गर्र्दै उहाँले चौथो अङ्गका रूपमा परिचित प्रेसले पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले राससका नवनियुक्त कार्यकारी अध्यक्ष झालाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार झाको नेतृत्वमा राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि भई आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै