२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीका सम्पूर्ण चिठी संसद्मा पठाउन प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्पूर्ण पत्र संसद्मा प्रस्तुत गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले एसपीपीसम्बन्धी सम्पूर्ण पत्र रक्षा मन्त्रालयमा रहेको उल्लेख गर्दै ती पत्रहरु संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गर्नुभयो । उहाँका अनुसार अब यो विषयलाई त्यतिकै छाड्न नहुने बताउनुभयो ।

एसपीपी सम्बन्धमा विवाद उत्पन्न भएपछि तत्कालीन प्रधानसेनापतिले सन् २०१५ मा अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो । तर सेनाले सो पत्र पठाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नसोधिएको भन्दै पूर्वसभामुख समेत रहेका नेम्वाङले सो पत्रको वैधानिकतामाथि प्रश्न उठेको बताउनुभयो ।