• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि



प्रतीकात्मक तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान सबैलाई आग्रह गरेको छ ।