२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय धान दिवस: मलको हाहाकार कम गराउन कामपा क्रियाशिल छ- मेयर बालेन



अ+ अ-

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले १९औँ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा किसानहरुको विशेष भुमिका रहेको र कृषि र किसानलाई बिर्सन नहुने बताएका छन् ।

उनले देशभरका लागि अन्न उब्जाउने किसानहरु प्रति सबै जना आभारी र जिम्मेवार हुनै पर्ने बताएका छन् । साथै काठमाण्डौँबाट निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केहि कम गराउन सकिन्छ भन्नेमा महानगर क्रियाशिल रहेको र यस कामका लागि हुने सफलता र असफलताले देशभर उल्लेख्य फरक पार्नेमा सचेत रहेको पनि  बताएका छन् ।

मेयर बालेन्द्र शाह आफ्नो फेसबुक पेजमा लेख्छन् :

“काठमाण्डौँमा वस्ती बस्नु, सम्पदाको शहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भुमिका छ । उर्बर माटोलाई खेति गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरु झांगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सिमान्तकृत हुदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायो, उसैलाई बिर्सने भन्ने हुदैन । हामीले यहाँको कृषि र किसानलाई सम्झिनै पर्छ । सँगसँगै, देशभरका लागि अन्न उब्जाउने किसानहरु प्रति आभारी र जिम्मेवार हुनै पर्छ ।

यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् । गुणस्तरिय मल, बिउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन् । सबैलाई असार १५ र धान दिवसको शुभकामना छ ।

र, काठमाण्डौँमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केहि कम गराउन सकिन्छ भन्नेमा काठमाण्डौँ महानगर क्रियाशिल छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा हामी सचेत छौँ ।”