२५ श्रावण २०८३, सोमबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरुटारमा ओली दम्पतीले मेसिनबाट रोपे धान



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ गरेका छन् ।

भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाइँ महोत्सवमा श्रीमती राधिका शाक्यसँगै ओलीले मेसिनबाट धान रोपेका हुन् ।

ओलीले धान रोपाइँ गरेपछि महोत्सवमा सहभागीहरुले पनि धान रोपेका थिए । असारे भाका गाउँदै महासंघ सदस्यहरुले धान रोपाइँ गरेका थिए ।

महोत्सवमा ओलीले भने, ‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, र कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ।’

नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्ने बताउँदै धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने ओलीको भनाई छ ।