२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बन्छ माटाको कौलामा तयार पारेको दही -फोटो फिचर



अ+ अ-

भक्तपुर । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् ।

यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । अन्य दिनमा भन्दा असार १५मा बढी दहीको माग हुनेहुदाँ दही व्यापारीलाई दही तयार गर्न र बिक्रीवितरण भ्याईनभ्याई हुन्छ ।

दही जमाउन प्लाष्टिकको भाडो, माटाको कौला, अनि मटकामा राखिएको दूूध राखिन्छ । दूधलाई करिब एकदेखि डेढ घण्डासम्म उमालेर यसरी दही जमाउने गरिन्छ यसरी राखिएको दूध आधुनिक तरिकाले दही जमाउन तापक्रम मिलाएर राखिएको हुन्छ ।

करिब ३ देखि ४ घण्टा राखिसकेपछि दही बन्छ । तयार भएको दही चिसो स्थानमा लगेर राख्ने गरिन्छ । दूधलाई करिब एकदेखि डेढ घण्डासम्म उमालेर यसरी दही जमाउने गरिन्छ । दूधलाई करिब १०० डिग्रीसम्म करिब एकदेखि डेढ घण्डासम्म उमालेर सकेर यसरी हल्का खेलाएर मात्र जमाउने गरिन्छ ।

तस्बिर -रत्न श्रेष्ठ, रासस