• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

बूढीगङ्गा नगरपालिकामा पुनः मतदान गर्ने निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान रोक्न माग गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो । निर्वाचन आयोगले बूढीगङ्गामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध उक्त नगरपालिकाका दलबहादुर सावदले रिट निवेदन दायर गर्दै पहिला भएको मतदानको मतगणना गर्नुपर्ने माग गर्नुभएको थियो । अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगले उक्त नगरपालिकामा गत ३० वैशाखको मतदान रद्द गरी यही २३ असारमा पुनः मतदानको निर्णय गरेको थियो । रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।