३ पुष २०८२, बिहीबार
,
Latest
सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र अधिकारी स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने



अ+ अ-

पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ।
अधिकारीको नाममा स्थापना भएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो । स्व .अधिकारीको तेस्रो स्मृति दिबसका सन्दर्भमा सनिबार पोखरा  मा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा  सो कुराको जानकारी दिइएको हो।

उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारिले उहाँले  विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनता सम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने , बिकासका र पर्यटन क्षेत्रमा  कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन।

उनले पुरस्कार यसबर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरि  शुरूवात  गरिने बताउदै  अधिकारीको जन्म दिन बैशाख  २२  को अबसर पारेर उक्त  पुरस्कार प्रदान गरिने बताइन। प्रतिस्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि त्रिदिबसिय रुपमा मनाउन लागिएको बताए। जसअनुसार फागुन चौध गते दिउँसो ४ बजे  रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम  ,फागुन पन्ध्र गते बिहान आठ बजे  सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली  कार्यक्रम र  सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे ू रबिन्द्र स्मृती दिवस समारोह , फागुन सोर्ह गते बिहान ११ बजे  पृथ्वीनारायण क्याम्पसमा बिध्यार्थी राजनिती ,बिकास र रबिन्द्र अधिकारीू बिषयमा परिसम्बाद कार्यक्रम आयोजना  गरिएको आचार्यले जानकारी दिए।

कार्यक्रममा  प्रतिष्ठानका सदस्य दीपेन्द्र  श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्किका अध्यक्ष बिमला भण्डारी , प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका  संचाकर्मीहरुले रवीन्द्र  अधिकारिले  संचार लगायत  बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।