२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लगानी गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गर्नुभएको छ ।

राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उहाँसँग आग्रह गर्नुभएको हो । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताउनुभयो ।

नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित सो भेटवार्तामा राजदूत फेलीसिटीले नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको र उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि अष्ट्रेलिया सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।