७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो



अ+ अ-

नेकपा (एमाले) कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेबारीबाट हटाइएको छ । एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस गरेको थियो । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनको अध्यक्ष पद खोसिएको हो ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापाको अध्यक्ष पद खोसेर दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको थियो । प्रदेश कमिटीले जिल्ला कमिटीलाई आगामी साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन दिएको छ ।