५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी सडक खन्दा पहिराको जोखिम



सांकेतिक तस्बिर
अ+ अ-

डोटी । वर्षात सुरु भएका कारण जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिराको जोखिम बढ्न थालेको छ ।

केही दिनदेखि भइरहेको वर्षात्ले यहाँका गाउँघरका अधिकांश सडक बन्द हुन थालेका छन् । डोजर अपरेटरका भरमा जथाभावी सडकको ट्र्याक खन्दा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ छ । निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्याउने नेताले गरेका वाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरुको आरोप छ ।

गाउँ गाउँमा सडक पुर्याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “ मनपरि खनिएका सडकले अहिले पहिरो आउन थाल्यो ।”

यहाँका ग्रामीण सडक वर्षासँगै जोखिमाा पर्नुका साथै आसपासका बस्तीसमेत सङ्कटमा परेको शिखर नगरपालिका–१ पल्लेकीका नेत्रबहादुर शाहीले बताउनुभयो । जिल्लामा अहिले परिरहेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट,राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडकमा समस्या देखिदैँ आएको छ ।

सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ–गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरो आउँदा सडकमा समस्या देखिने गरेको हो । जथाभावी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखिम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीयवासी तथा शिक्षक चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका बस्ती मात्रै जोखिम बनायो ।”

यहाँका सडकहरु बस्तीमाथि तथा गाउँ तलबाट खनिएकाले बस्ती नै पहिराकोे उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिनुभयो । प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उहाँले आरोप लगाउनुभयो ।