५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा प्रधानसेनापति शर्मा



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ । अमेरिकामा उहाँले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’ को अवलोकन गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

सोही क्रममा उहाँले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरी कमाण्डर केल बी इलिसनसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमाण्ड एन्ड स्टाफ कलेजको समेत अवलोकन गर्नुभयो । उहाँले सो कलेजले दिने तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिनुभएको सेनाले उल्लेख गरेको छ ।

यही असार १२ गते प्रधानसेनापछि शर्मा अमेरिका पुग्नुभएको हो । लेबनान र सिरियाको भ्रमण सकेर उहाँले अमेरिका भ्रमण गर्नुभएको हो । नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टार भेट गर्नुभएको थियो ।