• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

अमेरिकामा प्रधानसेनापति शर्मा



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ । अमेरिकामा उहाँले भर्जिनियास्थित ‘नेसनल म्युजियम अफ द मरिन क्रप्स’ को अवलोकन गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

सोही क्रममा उहाँले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरी कमाण्डर केल बी इलिसनसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमाण्ड एन्ड स्टाफ कलेजको समेत अवलोकन गर्नुभयो । उहाँले सो कलेजले दिने तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिनुभएको सेनाले उल्लेख गरेको छ ।

यही असार १२ गते प्रधानसेनापछि शर्मा अमेरिका पुग्नुभएको हो । लेबनान र सिरियाको भ्रमण सकेर उहाँले अमेरिका भ्रमण गर्नुभएको हो । नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टार भेट गर्नुभएको थियो ।