५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा अजरवैजान प्रस्थान



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक हुनुहुन्छ । उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवलायका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनले वाकु घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने बताइएको छ ।अजरवैजान प्रस्थान गर्नुअघि नेपाली प्रतिनिधिममण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खानेपानी मन्त्री उमाकान्त चौधरी, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवलगायतले बिदाई गर्नुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डल यही असार १९ गते आइतबार बेलुका स्वदेश फर्कने छ ।